धनगढी उप–महानगरद्वारा बैकर्सहरु संग छलफल

धनगढी,१८ माघ । धनगढी उप–महानगरपालिकाले धनगढीमा रहेका बैंक तथा बित्तिय संस्थाका प्रमुखहरुसंग स्थानीय स्तरको विकास र सम्भावनाका बारेमा छलफल गरेको छ । बैंक तथा बित्तिय संस्थाहरुले समाजिक उत्तरदायत्वि अन्तर्गत धनगढीमा गर्न सक्ने काम, धनगढीका किसानहरुलाई सहुलियतामा लगाउन सक्ने ऋण लगानी, लगायतका विषयमा छलफल भएको बताइएको छ ।

धनगढी उप–महानगरपालिका सबै क्षेत्रको सुझाव लिईरहेको छ । नगर उप–प्रमुख सुशिला मिश्र भट्टले छलफलबाट आएका सुझावहरुका अधारमा काम गर्न प्रयत्न गरिरहेको बताइन ।
बैंकर्स क्लव धनगढीका अध्यक्ष टेकराज भट्टले छलफल सकारात्मक भएको बताए । उनले भने,धनगढीको विकासका लागि सबैको सकारात्कम सहयोग हुनुपर्छ भन्नेमा हामी एक ठाउँमा भयौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *