कृषि, जडीबुटी र पर्यटन रोल्पाको समृद्धिको आधार : ढकाल

रोल्पा, १८ माघ । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पाको समृद्धिको आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवमा उनले यस्तो बताएका हुन ।

रोल्पाको भु–भागमा पाइने बहुमुल्य जडिबुटीको उचित बजारीकरण गर्न सकेमा समग्र रोल्पा र आसपासका क्षेत्रको स्थानीय आर्थिक गतिविधिलाई बढाउन सकिने उनले बताए । यसका साथै जलविद्युत उत्पादन गरि रोल्पाको आर्थिक विकासमा टेवा पु¥याउन सकिने उपाध्यक्ष ढकालको भनाई थियो ।

महोत्सवलाई आईएमई ग्रुपले मुख्य प्रायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *