७५३ स्थानीय तहमा राखिने रोजगार संयोजका लागि २४ हजारको आवेदन
काठमाडौं, १९ माघ । ७५३ स्थानीय तहमा एक।एक जना रहने गरी रोजगार संयोजकको आवेदन माग गरेकोमा करिव २४ हजारले आवेदन भरेका छन ।
प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजका लागि यही माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएकामा थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुशार २३ हजार ९८६ जानामा सवै भन्दा बढी सुदपश्चिम प्रदेशमा आवेदन परेको छ । प्रदेश नं १ बाट तीन हजार ६६५, प्रदेश नं २ बाट तीन हजार ६७१, प्रदेश नं ३ बाट चार हजार ९९४, गण्डकी प्रदेशबाट एक हजार ९५५, प्रदेश नं ५ बाट दुई हजार ३०१, कर्णाली प्रदेशबाट तीन हजार ३७८ र सुदूरपश्चिम प्रदेशबाट ४ हजार ४ सय आवेदन परेको छ ।
प्राप्त दरखास्तबाट तोकिएको मापदण्डका आधारमा स्वचालित कम्युटर प्रणालीबाट रिक्त पदको तीन गुणा बराबरको आवेदकको प्रारम्भिक सूची तयार गरिने मन्त्रालयका सह सचिव प्रकाश दाहलले जानकारी दिए । प्रारम्भिक छनोट सकिएसँगै कम्प्युटर सीप परीक्षाका लागि सूचना जारी गरिने उनले बताए ।
संयोजकको काम के हो ?
रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् ।
रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् । बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्ने जिम्मेवारी किटान गरिएको छ ।