
काठमाडौं,१९ माघ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर तथा अनुगमन सम्बन्धमा नयाँ व्यवस्था अघि सारेको छ । बोर्डले गरेको नयाँ ब्यवस्थामा धितोपत्र दलालले मार्जिन कारोबार सुविधा उपलब्ध गराएवापत ग्राहकसँग लिने ब्याजको दरबारे बोर्ड र नेप्सेलाई पूर्वजानकारी गराउने व्यवस्था ल्याएको छ । धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने मार्जिन कारोबार सुविधासम्बन्धी व्यवस्था धितोपत्र नियमन निकायको दायराभित्र परेमा धितोपत्र दलालले मार्जिन कारोबार सुविधाअन्तर्गत ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर सम्बन्धमा धितोपत्र दलाल र ग्राहकबीच हुने सम्झौतामा उल्लेख भए बमोजिम नै हुने व्यवस्था गर्नुपर्ने छ ।
धितोपत्रको मार्जिन कारोबार सुविधाका विविध पक्षहरुबारे सुसूचित नभई लगानी गरेमा मार्जिन कारोबार जोखिमपूर्ण हुने हुँदा यो सुविधा लागू गर्नुअघि यस सम्बन्धमा लगानीकर्ताहरुलाई पर्याप्त जानकारी दिन नेप्सेले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने साथै धितोपत्र दलाल व्यवसायीमार्फत समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने । मार्जिन कारोबार सुविधाको कार्यान्वयनलाई स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धी बनाउन मार्जिन कारोबारको सुपरीवेक्षण व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन अति आवश्यक रहेकाले धितोपत्र बजारको अग्रपंक्तिको नियमन निकायको रुपमा रहेको नेप्सेले मार्जिन कारोबारको नियमित र सघन रुपमा सुपरीवेक्षण÷अनुगमन गर्ने । लगायतको ब्यवस्था बोर्डले गरेको बोर्डद्धरा जारी विज्ञाप्तिमा उल्लेख छ ।
यसै गरी मार्जिन कारोबार सुविधा अभ्यासमा आएपश्चात मार्जिन कारोबारको लागि धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर सम्बन्धमा कुनै अस्वाभाविक स्थिति आएमा बोर्डले आवश्यक हस्तक्षेप (इन्र्टभेन्सन) तथा नियमन÷सुपरिवेक्षण गर्ने समेत व्यवस्था गरिएको बोर्डले जनाएको छ । त्यस्तै बोर्डका अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४ र नेप्सेले वनाएको मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ सहित मार्जिन कारोबार सुविधा सम्वन्धमा बोर्डले गरेका व्यवस्थाबारे नेपाल राष्ट्र वैकलाई जानकारी गराउने उक्त बोर्ड वैठकको निर्णयानुसार सो बैंकलाई पत्रमार्फत समेत जानकारी गराइएको छ ।
धितोपत्र बजारमा मार्जिन कारोबार सुविधा उपलव्ध भए पश्चात धितोपत्र व्यवसायको कार्य दायरा (स्कोप अफ वर्क) विस्तार हुने, लगानीकर्तालाई एकै ठाउँ (वन स्पट) बाट कारोबार सम्बन्धी सेवा प्राप्त हुने तथा दोस्रो बजार कारोबारमा तरलता अभिवृद्धि भई समग्र धितोपत्र वजारको विकास÷विस्तार हुने बोर्डको अपेक्षा बोर्डको छ ।
अर्थ मन्त्रालयबाट गठित मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोतव्व्यवस्थापनसम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्न बोर्ड नयाँ व्यवस्था गरेको हो ।
Leave a Reply