Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

१६ वटा वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, सबैभन्दा बढी नाफा कमाउनेमा नबिल

१६ वटा वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, सबैभन्दा बढी नाफा कमाउनेमा नबिल

काठमाडौं, १९  माघ । केही दिन दिनयताबाट वाणिज्य बैंक तथा अन्य कम्पनीले धमाधम आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । हाल सम्म १६ वटा वाणिज्य बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्ये सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको देखिन्छ । यस बैंकले २ अर्ब १७ करोड ६८ लाख रूपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ४५ प्रतिशतले बढी हो ।  अघिल्लो वर्ष बैंकले १ अर्ब ८३ करोड ७७ लाख नाफा काएको थियो । त्यसैगरी, कुमारी बैंकले सबैभन्दा कम नाफा कमाएको छ । यस बैंकले ६७ करोड ६२ लाख रूपैयाँ कमाएको हो । बैंकले गत वर्षको तुलनामा ३२ दशमलव २३ प्रतिशतले नाफा बढाएको छ । त्यसैगरी, एनआईसी एसिया बैंकले १ अर्ब ५१ करोड १४ लाख रूपैयाँ, एभरेस्ट बैंकले १ अर्ब ४२ करोड ९९ लाख रूपैयाँ नाफा कमाएका छन् ।

त्यसैगरी, ग्लोबल आईएमई बैंकले १ अर्ब २२ करोड ९१ लाख रूपैयाँ, एनएमबी बैंकले १ अर्ब १० करोड ९९ लाख रूपैयाँ नाफा कमाएका छन् । त्यस्तै, सिद्धार्थ बैंकले १ अर्ब ४ करोड १५ लाख र नेपाल एसबीआई बैंकले १ अर्ब २ करोड २७ लाख रूपैयाँ नाफा कमाएका छन् ।

दोस्रो त्रैमासिकमा १६ वटा वाणिज्य बैंकले कुल १६ खर्ब ७१ अर्ब ३७ करोड ६१ लाख रूपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा बैंकहरूले १४ खर्ब ९७ अर्ब ९७ करोड २५ लाख रूपैयाँ कर्जा प्रवाह गरेको बैंकहरूको वित्तीय विवरणले देखाएको छ । निक्षेप तथा कर्जामा सबैभन्दा अगाडि एनआईसी एसिया बैंक रहेको छ । यस बैंकले १ खर्ब ७५ अर्ब ७६ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ४९ अर्ब ३० करोड रूपैयाँ कर्जा लगानी गरेको छ ।

त्यसैगरी, वित्तीय विवरण प्रकाशित गरेका १६ वटा बैंकमध्ये कुमारी बैंकको मात्रै ८ अर्ब रूपैयाँ चुक्ता पुँजी पुगेको छैन । यस बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड रूपैयाँ छ । बैंकले हालै गत आर्थिक वर्षको मुनाफाबाट ८ दशमलव ५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर बाँडेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ ।।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x