Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

यो साता सेयर बजारमा १ अर्व ३३ करोडको कारोबार

यो साता सेयर बजारमा १ अर्व ३३ करोडको कारोबार

काठमाडौं, १९ माघ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) पहिलो दिनको तुलनामा अन्तिम दिन ०.४६ अंकले घटेको छ । साताको पहिलो दिन ११६२.०९ अंकमा रहेको नेप्से अन्तिम दिन ११६१.६३ को बिन्दुमा रह्यो ।

सातामा ५ दिनको कारोबार जम्मा ४५ लाख ७२ हजार ८ सय ६० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड ८१ लाख ८३ हजार ७२ रुपैया बराबरमा कारोबार भएको छ । कारोबारमा यो साता नागरिक लगानी कोषले २ दिन अग्रता लिएको हो ।

साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार नकारात्मक रहेको थियो । नेप्से सो दिन १० दशमलव ६८ अंकले घटेर ११६२ दशमलव ०९ बिन्दुमा बन्द भएको थियो । सो दिन कुल १ सय ६४ कम्पनीहरुको ११,८५,८७२ कित्ता सेयर खरिद बिक्री हुँदा ३४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । दोस्रो दिन (सोमबार) २ दशमलव ७९ अंकले बढेर ११६४ दशमलव ८९ को बिन्दुमा पुगेको थियो । सो दिन १ सय ६५ कम्पनीको ८ लाख ७१ हजार ८ सय २८ कित्ता शेयर खरिद बिक्री हुँदा २२ करोड ४३ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै मंगलबार नेप्से ३ दशमलव ८९ अंकले घटेर ११६० दशमलव ९९ को बिन्दुमा कारोबार बन्द भएको थियो । सो दिन १ सय ६३ कम्पनीको १०,३५,७१ कित्ता शेयर खरिद बिक्री हुँदा ३० करोड ८० लाख रुपैयाँ भन्दा बढीकोे कारोबार भएको थियो । बुधबार पनि नेप्से ० दशमलव ४० अंकले घटेर ११६० दशमलव ५९ विन्दुमा बन्द भएको थियो । उक्त दिन कुल १ सय ६८ कम्पनीहरुको ५,७२,७७५ कित्ता सेयर खरिद बिक्री हुँदा १९ करोड २० लाख भन्दा बढीको कारोबार भएको थियो ।
लगातार ओरालो लागेको नेप्से साताको अन्तिम दिन बिहिबार भने सामान्य अंकले बढेको थियो । उक्त दिन बजार १ दशमलव ०४ अंकले बढेर ११६१ दशमलव ६३ विन्दुमा उक्लिएको थियो । सो दिन कुल १ सय ६८ कम्पनीको ९,०७,३१४ कित्ता सेयर खरिद बिक्री हुँदा २७ करोड ३३ लाख ८७ हजार ४ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको थियो । यो साता सेयर बजारमा कुनै पनि सरकारी ऋणपत्रहरुको कारोबार भएनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x