Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पेट्रोल, डिजेल र मट्टीटेलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो

पेट्रोल, डिजेल र मट्टीटेलमा प्रतिलिटर दुई रुपैयाँ  बढ्यो

काठमाडौं १९ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्यवृद्धि गरेको छ । मुल्य बृद्धि पछि पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ ।

आइओसीले शुक्रबार १५ दिनअघिको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २५ पैसा र डिजेलमा चार रुपैयाँ २८ पैसा बढाएर नयाँ निगमलाई मूल्यसूची पठाएको थियो । सोही आधारमा निगमले नेपालमा पनि इन्धनको मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

निगमले एलपी ग्यासको मूल्यभने समायोजन गरेको छैन् । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिण्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ । मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा रु एक अर्ब १६ करोड नाफा हुनेछ ।

निगमले १५÷१५ दिनमा मूल्य समायोजन गर्ने गरेपनि सर्वसाधारण उपभोक्ताको हित तथा देशको आर्थिक वृद्धिलाई ध्यानमा राखी अघिल्लो पटक इन्धनको मूल्यवृद्धि गरेको थिएन । विगतमा करीब डेढ महीनाजति अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले पेट्रोलियम खरीद मूल्यमा कमी आउँदा विगतको महीनामा भएका नोक्सानी केही हदसम्म पूर्ति भएको निगमका प्रवक्ता गोइतले जानकारी दिनुभयो । यद्यपि, यही माघ २ गते प्राप्त मूल्यअनुसार समेत निगमको रु एक अर्ब छ करोड सञ्चित नोक्सानी अझै पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x