Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रदेश ३ को सरकार र कृषि उद्यम केन्द्र बीच समझदारी

प्रदेश ३ को सरकार  र कृषि उद्यम केन्द्र बीच समझदारी

काठमाडौं २० माघ ।  नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र र प्रदेश ३ को सरकारबीच सार्वजनिक–निजी साझेदारी कार्यक्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा प्रदेश ३ सरकारका आर्थिक, मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल र महासंघकी अध्यक्ष भवानी राणाले हस्ताक्षर गरेकी छन्। प्रदेश ३ सरकारले प्राथमिकताका साथ अघि बढाएका कार्यक्रममा बहुवर्षीय साझेदारी गर्ने उद्देश्यका साथ महासंघले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

सम्झौताअनुसार प्रदेश सरकारका तर्फबाट सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ र सोको आधारमा कार्यक्रमगत आवश्यक कार्यविधि तयार गर्ने/गराउने, अर्थ मन्त्रालयबाट स्वीकृत बजेटअनुसार समयमै महासंघ÷कृषि उद्यम केन्द्रलाई चौमासिक रूपमा बजेट निकासा गर्ने, कार्यक्रमको अनुगमन निरीक्षण र मूल्यांकन तथा आवश्यक सुझाव, निर्देशन दिने, कार्यक्रम कार्यान्वयनलाई सहजीकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख छ।

त्यस्तै कृषि उद्यम केन्द्रको तर्फबाट वार्षिक कार्यक्रम बजेट तर्जुमा गरी प्रदेश सरकारसमक्ष स्वीकृतिका लागि पेस गर्ने, स्वीकृत भइसकेका कार्यक्रमको हकमा आवश्यक कार्यविधि तयार गरी प्रदेश सरकारमा पेस गर्ने, प्रदेश सरकारबाट विनियोजित बजेट कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित निकायमा समयमा नै निकासा पठाउने, प्रदेश सरकारबाट स्वीकृत सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिकाअनुसार कार्यक्रम सञ्चालन तथा अनुगमन गरी प्रगति विवरण प्रदेश सरकारको सम्बन्धित निकायमा पेस गर्ने लगायतका कार्य सम्पादन गर्ने रहेका छन् ।

हस्ताक्षर समारोहमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश सरकारका उच्च अधिकारी तथा महासंघका पदाधिकारी, कार्यकारिणी समितिका सदस्यलगायत उपस्थित थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x