सबैभन्दा धेरै रेमिट्यान्स अमेरिकाबाट

काठमाडौं, २० माघ । नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स अमेरिकाबाट भित्रिने गरेको छ । पछिल्ला बर्षहरुमा अमेरिकाबाट आउने रेमिट्यान्स बढदै गएपनि खाडी मुलुकबाट आउने रेमिट्यान्समा खस्किदै गएको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको पहिलो छ महिनामा ३ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको यसै अवधिको तुलनामा अहिले ३१ प्रतिशतले रेमिट्यान्स बढेको देखिन्छ।

राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको पहिलो पाँच महिनामा ३ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको यसै अवधिको तुलनामा अहिले ३१ प्रतिशतले रेमिट्यान्स बढेको देखिन्छ। यसमा सवै भन्दा धेरै हिस्सा अमेरिकाबाट भित्रिने रेमिट्यान्स रहेको छ । अमेरिकासँगै, जापान, कोरिया, मलेसिया तथा अन्य राष्ट्रहरुबाट आउने रेमिट्यान्स बढेको छ। खाडी मुलुकमध्ये प्रमुख रहेका साउदी, कतार र दुबईबाट आउने रेमिट्यान्स घट्दा समग्रलाई असर परेको हो। खाडी मुलुकमध्ये कुवेत र बहराइनबाट आउने रेमिट्यान्स भने बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *