छिमेक लघुवित्तको नाफा ३९ करोड २३ लाख

काठमाडौं, २० माघ । छिमेक लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाले यो नाफा गत आर्थिक बर्षको सोहि अबधीको भन्दा १७ करोड ६४ लाख रुपैयाँ बढी हो । गत अर्थिक बर्षको दोस्रो त्रैमासमा संस्थाले २१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै चालु आवको दोस्रो त्रैमास सम्ममा संस्थाले १३ अर्ब १९ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरि र ४ अर्ब ६१ करोड ४६ लाख रुपैयाँ सापटी कर्जा लिएर १७ अर्ब ८७ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट संस्थाले समिक्षा अवधीमा ८० करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको १ अर्ब ५६ करोड ११ लाख रुपैयाँ जगेडा कोषमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *