Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साताको पहिलो दिन नै बजारमा ८.५७ अंकको गिरावट

साताको पहिलो दिन नै बजारमा ८.५७ अंकको गिरावट

काठमाडौं, २० माघ । साताको पहिलो कारोबार दिन (आईतबार) सेयर बजार नकारात्मक रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.५७ अंकले घटेर ११५३.०६ विन्दुमा बन्द भयो ।

सो दिन १ सय ६९ कम्पनीहरुको १५,२७,७०६ कित्ता सेयर खरिद बिक्री हुँदा ४१ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा आज माछापुच्छ्रे बैंक लिमिटेडको प्रमोटर सेयरले अग्रता लिएको छ । जसको ५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरि विजय लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । संस्थाको प्रतिसेयर मुल्यमा ३.८३ प्रतिशतले वृद्धि भएको छ भने सानिमा इक्युटि फन्टका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रतिसेयर मुल्यमा ३.७९६१ प्रतिशतले गिरावट आएको छ ।

नेप्सेमा सुचिकृत ११ वटा समुह मध्ये १० वटा समुहको परिसुचक घटेको छ भने व्यापार समुहको परिसुचकमा २.८७ अंकको वृद्धि देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x