Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नयाँ उचाईमा चढेपछि सुनको मूल्य स्थिर, व्यवसायी भन्छन्–‘सिजनमा पनि कारोबार राम्रो भएन’

नयाँ उचाईमा चढेपछि सुनको मूल्य स्थिर, व्यवसायी भन्छन्–‘सिजनमा पनि कारोबार राम्रो भएन’

काठमाडौं, २० माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले बजारमा सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । केही दिन अघि सम्म क्रमश उकालो लागेको सुनको मूल्य बुद्यबार उक्त मूल्य कायम भए यता भने स्थिर छ ।

महासंघका अनुसार सुनको भाउ यसअघि २०७० भदौ १२ गते नेपाली इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको तथ्यांक छ ।

डलरसँग भारतीय रुपैयाँ कमजोर हुनु र भारतीयसँग नेपाली रुपैयाँको स्थिर विनियम दरका कारण सुनको भाउ आकासिएको व्यवसायीहरु बताउछन् । मूल्य अझै बढ्न सक्ने अनुमान महासंघका पुर्वअध्यक्ष मणिरत्न शाक्यले गरे ।

दुई साता अगाडी सुनको ६० हजार २ सय रुपैयाँमा किनबेच भएको सुन ४ दिन यता ६२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि २ साता अगाडी १२ सय ८२.३० डलर प्रति औस रहेकोमा अहिले प्रति औस १३ सय १८.१० डलर पुगेको छ । नेपालमा पनि महासंघको तथ्यांक अनुसार २ साताको अवधीमा प्रतितोला १५ सय रुपैयाँले मूल्य बढेको छ ।
पूर्वअध्यक्ष शाक्यका अनुसार कमजोर भारु र अन्तर्राष्ट्रिय सेयर बजारमा आएको गिरावटले लगानीकर्ताहरु सुनमा आकर्षित भएका छन् । सेयरमा लगानी गर्ने ठुला लगानीकर्ताहरु प्राय अहिले सुनमा लगानी गरिरहेको उनले बताए । यसका साथै अमेरीका र चीनबीचको व्यापार युद्धलाई पनि सुन बृद्धिको कारण मानिएको छ ।

दुई देश बीचको व्यापार युद्धको कारण व्यावसायीहरु निरुत्साहित भएर सुनमा आर्कषित हुँदा माग अत्याधिक बढेको उनको भनाई छ । व्यापार सम्बन्ध र अन्तराष्ट्रिय सेयर बजारमा तत्कालै सुधार आउने देखिदैन । सोहि कारण पनि सुनको मुल्य घट्ने भन्दा माग बढ्ने र मुल्यमा पनि वृद्धि हुने सम्भावना प्रचुर रहेको शाक्यको विश्लेषण छ ।

अन्तराष्ट्रिय क्षेत्रमा भएको समस्यासंगै नेपालमा सुनको मुल्य वृद्धि हुनुमा केहि आन्तरिक कारणहरु पनि छन् । नेपाली मुद्रा पुर्ण रुपमा भारतीय मुद्रामा निर्भर छ । अहिले निरन्तर बढी रहेको डलरको भाउको तुलनामा भारु कमजोरभए संगै नेपाली रुपैयाँ पनि कमजोर भएको हो । सोहि कारण १३ सय १८.१० अमेरिकी डलर प्रति औस हुँदा ६२ हजार ३ सय रुपैयाँ पर्न गई नेपालमा सुन महंगो भएको अनुमान गरिएको छ ।

‘नेपाली मुद्रा अरु मुलूकमा निर्भर नभएर आफ्नै स्वामित्वमा भएको भए आज भरु कमजोर हुँदा नेपालमा कुनै असर पर्ने थिएन, उनले भने– केही दिन देखि अमेरिकी डलरको भाउ स्थिर रहेको कारण सुनको मुल्य पनि स्थिर रहेको छ । ’ बिवाहको लगन समेत भएको कारण अहिले नेपालमा धेरै सुनचाँदीको कारोबार हुने समय हो । तर यो समयमा नै सुनको भाउमा वृद्धि हुँदा व्यवसायलाई नै असर पुगेको छ । मुल्य बढे पछि आवश्यकता अनुसारको ग्राहकहरुले माग गर्न नसक्दा सिजनमा पनि कारोबार राम्रो नभएको व्यवसायीहरुको गुनासो छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x