Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रभु बैंकले लाभांश बितरणको प्रस्तावलाई संशोधन गर्यो

प्रभु बैंकले लाभांश बितरणको प्रस्तावलाई संशोधन गर्यो

काठमाडौं, २० माघ । प्रभु बैंकले यस अघि प्रस्ताव गरेको लाभांशलाई संशोधन गरेको छ । बैकको १ सय ३५ औं संचालक समितिको बैंठकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र ५.२६३ प्रतिशत नगद लाभांश वितरणलाई पुन संशोधन गरेको हो ।

बैंकले प्रस्तावित लाभांश स्वीकृतीका लागी नेपाल राष्ट्र बैंकमा पेश गर्दा नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरि संचित मुनाफाबाट मात्र लाभांश बितरण गर्न निर्देशन राष्ट्र बैंकले दिएकाले लाभांश संशोधन गरेको जानकारी दिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको १ सय ३८ औं संचालक समितिको बैंठकले नियमनकारी कोषमा रकम छुट्याएर बाँकी मुनाफाबाट ८ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरि राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ । सो अनुसार बैंकले ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँको ८ प्रतिशत अर्थात ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संशोधित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र सेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x