Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चार लाख ब्यक्तिले अवलोकन गरे क्यान इन्फोटेक मेला

चार लाख ब्यक्तिले अवलोकन गरे क्यान इन्फोटेक मेला

काठमाडौं,२१ माघ । सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । मेलाको अन्तिम दिन आइतबार मात्र करीब एक लाख व्यक्तिले अवलोकन गरेका थिए ।

भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा ६ दिनसम्म चलेको क्यान इन्फोटेकको २५औँ संस्करणको मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग सम्बन्धि अवलोकनको व्यवस्था मिलाइएको थियो । ‘सुविसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ नाम दिइएको सो मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँनयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए ।

माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x