पूर्व गृहमन्त्री शर्माको प्रश्न, प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखिदिनु पर्ने ?

काठमाडौं,२१ माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एंव पूर्वगृहमन्त्री समेत रहेका नेता जनार्दन शर्माले सरकारले प्रदेश सरकारभन्दा माथि सिडिओलाई राख्न खोजेर संघीयता विरोधी काम गरेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनको कार्यक्रम शर्माले प्रदेश सरकारले कुनै गतिविधि गर्न नपाउनेगरी सिडिओलाइ माथि राखेर राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वको संघीयता विरोधी काम गरेको भन्दे त्यो सैह नहुने चेतावनी दिए । सरकारमा रहेको दलको नेता भएपनि केपी शर्मा ओली नेतृत्वको सरकारले नै संविधानविरोधी काम गरिरहेको भन्दै ‘देश आज उल्टो दिशामा गइरहेको टिपणी गरे ।

 शर्माले भने, ‘सरकारले संविधान पालना गरिरहेको छैन। मैले सरकारको  विरोध गर्न खोजेको  होइन तर सरकारले विधेयक ल्याउँदा  संविधानअनुसार ल्याउनु परेन? कर्मचारी समायोजन गर्नु परेन? सबै मुठ्याएर माथि राख्ने प्रदेश र स्थानीय सरकारलाई निकम्मा बनाउने अनि संघीयता चल्छ? स्थानीय तहको नेतृत्वमा संघका कर्मचारीहरु पठाएर कर्मचारीहरुको शरिर स्थानीय तहमा ध्यान र जवाफदेहिताको मुख संघमा फर्काउने गरेको भन्दै यसले संघियतालाई नै असफल गराउने उनको भनाई छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *