Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपालमा लागानी गर्न साउदी अरबियालाई अर्थमन्त्री खतिवडाको आग्रह

नेपालमा लागानी गर्न साउदी अरबियालाई अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौं, २२ माघ । अर्थमन्त्री डा युवराज खतिवडाले साउदी अरेबियालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानलाई मन्त्री डा खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताउदै लगानीको लागि आग्रह गरेका हुन ।

अर्थमन्त्री खतिवडाले पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रहगरे  । भेटमा नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले सहयोग गरेकोमा साउदी सरकारलाई मन्त्री खतिवडाले धन्यवाद दिए ।   करीब चार लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत भएको भन्दै उहाँले साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरीबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नेपालको अर्थतन्त्रमा समेत सहयोग  प्रसंशा गरे । यस्तै भेटमा साउदी अरवका राजदुतले नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको भन्दै राजदूतले दुवै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाइमा पुर्याउदै लैजाने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x