पूर्वमन्त्री बद्री न्यौपानेसहित १३ विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपानेसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत लगाइ अनियितता गरेको देखिन आएको भन्दै आयोगले उनिहरुविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको हो ।

आयोगले पूर्वमन्त्री न्यौपानेविरुद्ध रु ३१ करोड ५२ लाख १७ हजार ६७५, परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता तत्कालीन कोषाध्यक्ष कुञ्ज विहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमारलाल कर्ण र हरि न्यौपानेविरुद्ध पनि रु ३१ करोड ५२ लाख १७ हजार ६७५ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

यस्तै प्रमुख सञ्चालक टेकबहादुर गुरुङ र प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई समेत रु ३१ करोड ५२ लाख १७ हजार ६७५ बराबरको भ्रष्टाचार गरेको आयोगले उल्लेख छ । यस्तै आयोगले तत्कालीन कोषाध्यक्ष रत्नगाहा मगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वाँर, कानूनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीले पनि भ्रष्टाचारजन्य गतिविधिमा सहयोग गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *