Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मंगलबार नेप्सेमा सामान्य सुधार

मंगलबार नेप्सेमा सामान्य सुधार


काठमाडौं २२ माघ । लगातार दुई दिन सम्म घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.८३ अंकले बढेर ११४७.१० बिन्दुमा कारोबार बन्द भएको हो ।


मंगलबार कुल १ सय ६३ कम्पनीहरुको ७,३६,७६९ कित्ता सेयर खरिद बिक्री हुँदा २३ करोड १० लाख २२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा भने आज अपरतामाकोशी हाइड्रोपावर कम्पनीले अग्रता लिएको छ । जसको मंगलबार २ करोड भन्दा बढीको कारोबार भएको हो ।


यसैगरि मंगलबार सबै भन्दा सामुदायिक लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले कमाएका छन् । जसरको प्रतिसेयर मुल्य ९.८८ प्रतिशतले वृद्धि भएको छ भने सबै भन्दा बढी पुर्निमा विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । जसको प्रतिसेयर मुल्य ४.३७५ प्रतिशतले घटेको छ ।


मंगलबार नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये २ वटा समुहको परिसुचक घटेको छ भने बाकीँ ८ वटा समुहको परिसुचक बढेको छ । समुह घट्नेमा फाइनान्स समुह ०.९२ अंक र उत्पादन तथा प्रशोधन समुह १९.६२ अंकले घटेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x