Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

१० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको विरोधमा रहेका मजदुरले गरे आन्दोलनका कार्यक्रम स्थागित

१० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको विरोधमा रहेका मजदुरले गरे आन्दोलनका कार्यक्रम स्थागित

काठमाडौं, २३ माघ । काठमाडौं, पोखरा र सौराहका रेष्टुरेन्ट तथा बारहरुमा ग्राहकहरुबाट लिने गरिएको १० प्रतिशत सेवा शुल्क खारेजीको विरोधमा हड्तालमा उत्रिएका मजदुरहरुले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् । श्रम विभागले सम्बन्धित निकायलाई सेवा शुल्क खारेज गर्न नपाइने कानुनी व्याख्यासहित पत्राचार गर्ने भएपछि आन्दोलन स्थागित गरेका हुन ।

तीन मजदुर संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले संयुक्त विज्ञप्ति जारी गरी रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) ले पनि माघ २७ गते वार्ता गर्ने जनाएको उल्लेख गरेका छन् ।

रेवानले केही दिन अघि काठमाडौं, पोखरा र सौराहामा संचालित रेष्टुरा तथा बारमा आउने ग्राहकबाट लिईदै आएको १० प्रतिशत शुल्क नलिने निर्णय गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x