दोस्रो त्रैमासमा कृषि विकास बैंकको नाफा १ अर्व ३६ करोड

काठमाडौं, २३ माघ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधीमो भन्दा ३२.५६ प्रतिशतले बढी हो । बैंकले गत वर्ष १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै बैंकले वितरण योग्य नाफा पनि १ अर्ब २ करोड रुपैयाँबाट बढोत्तरी गरेर १ अर्ब ९ करोड ३७ लाख रुपैयाँ पुर्याएको छ । खुद ब्याज आम्दानी ३४.६६ प्रतिशतले बृद्धि गरि ३ अर्ब ५७ करोड १२ लाख रुपैयाँ पुर्याएको छ ।

हालसम्म बैंकले १ खर्ब १० अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *