आरम्भले दोस्रो त्रैमासमा ३१ लाख ५० हजार नाफा कमायो

काठमाडौं, २३ माघ । आरम्भ माइक्रोफाइनान्स वित्तिय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको सोही अवधीमा संस्थाले ५ लाख २७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

त्यस्तै सो अवधीमा १३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरि २६ करोड ८१ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ४० करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

माईक्रोफाइनान्सले एक करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३८ लाख २६ हजार रुपैयाँले बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *