Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

उच्च ब्याज र तरलता अभावबारे व्यवसायीको गुनासो, मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा सम्बोधन गर्ने गभर्नरको आश्वासन

उच्च ब्याज र तरलता अभावबारे व्यवसायीको गुनासो, मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा सम्बोधन गर्ने गभर्नरको आश्वासन

काठमाडौं, २३ माघ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाका लागि सुझाव संकलन गरेको छ । राजधानीको होटल र्याडिशनमा आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरि उद्योगी, व्यवसायी सहित बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुसँग सुझाव संकलन गरेको हो ।

अन्तरक्रियामा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले तरलता अभाव र चर्को ब्याजदरका कारण उद्योगको क्षमता बिस्तारमा समस्या आएको भन्दै नेपाल राष्ट्रको ध्यानाकर्षण गराए । तरलता अभावको कारण उद्योगहरुले सोचे अनुसार लगानी बिस्तार गर्न नसकेको भन्दै उनले व्याजदर नियन्त्रणमा राष्ट्र बैंकको ध्यानाकर्षण गराए । उनले पुनर्कर्जा कोषलाई १ सय अर्बको बनाउनु पर्ने माग गरे।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तिय संस्थाको ब्याजदरमा नेपाल राष्ट्र बैंकले हस्तक्षप गर्नुपर्ने बताए । उच्च ब्यादरका कारण उद्योग धन्दा फस्टाउन नसेको पनि उनले बताए । बैंक तथा वित्तिय संस्थामा देखिएको तरलता अभावका कारण उच्च आर्थिक बृद्धिदर हाँसिल हुन नसक्ने पनि गोल्छाको भनाई थियो ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष शतिसकुमार मोरले बैंक तथा वित्तिय संस्थाले प्रतिवद्धता गरेको कर्जा पनि नदिएको गुनासो गरे । फाइदाका लागि पहिले नै प्रतिवद्धता गरेकालाई कर्जा नदिएर नयाँलाई दिने गरेको र त्यसले उद्योग स्थापनामा समस्या हुने गरेको बताए ।


नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुङगानाले बैंक तथा वित्तिय संस्थाले हरेक वर्षजसो तरलता अभावको समस्या भोग्नु परेको भन्दै दीर्घकालिन समस्याको खोजी गर्न आवश्यक रहेको बताए । त्यस्तै उनले तत्कालका लागि कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) खारेज गरेर ऋण दिने क्षमता वृद्धि गर्न र दीर्घकालका लागि पुनर्कर्जा कोषलाई बढाउन सुझाव पनि दिए ।

व्यवसायी तथा बैंकर्सहरुको समस्या÷सुझाव सुनेपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा . चिरञ्जीवि नेपालले भने ति सबै विषयलाई सम्बोधन गर्ने गरि मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा तयार पर्ने आश्वासन दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x