सेवा शुल्क हटाउने रेवानको निर्णय व्यवसायीक पहलद्वारा समर्थन

काठमाडौं, २४ माघ । रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (रेबान) ले काठमाडौं, पोखरा र सौराहका रेष्टुरेन्ट तथा बारहरुमा लगाउँदै आएको १० प्रतिशत अतिरिक्त सेवा शुल्क हटाउने निर्णयप्रति राष्ट्रिय व्यवसायिक पहलले समर्थन गरेको छ ।

सेवाशुल्कका नाममा उपभोक्ताहरुलाई अतिरिक्त व्ययभार बोक्न बाध्य पारिनु नहुने मान्यता सहित पहलले घोषणा गरेको व्यवसायिक आचारसंहिताका अवधारणा २०७० अनुरुप नै भएकोले ग्राहकहरुको हित तथा अनुरोधलाई ध्यानमा राखेर गरिएको यस व्यवस्थालाई सबैले अनुशरण गर्नका लागि पनि आह्वान गरेको छ । नेपाल सरकारले ल्याएको श्रम कानून २०७४ मुताबिक हुने गरी न्यूनतम पारिश्रमक र सामाजिक सुरक्षाको प्रत्याभूतिका साथै ग्राहकहरुले स्वेच्छिक रुपमा दिइने टिप्स्लाई प्रवद्र्धन गर्ने समेत व्यवस्था गर्ने रेबानको प्रतिबद्धताले उपभोक्ता तथा मजदुर दुबै पक्षको हित हुने पनि पहलले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *