Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दोस्रो त्रैमासमा मेगा बैंकको नाफा ७३ करोड २० लाख भन्दा बढी

दोस्रो त्रैमासमा मेगा बैंकको नाफा ७३ करोड २० लाख भन्दा बढी

काठमाडौं, २४ माघ । मेगा बैंक नेपालले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा दोब्बर नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्त सम्ममा ८५.९६ प्रतिशत नाफा बढाएर ७३ करोड २० लाख रुपैयाँ नाफा कमाएको हो । गत आर्थिक बर्षमा बैंकले ३३ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले पुस मसान्त सम्म ७० अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरि ६५ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक सुधार भएपछि बैंकको खुद नाफा पनि बढेको देखिन्छ । गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ११०.३३५ ले बढेर १ अर्ब ७८ करोड १ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।


यस्तै, यो त्रैमाससम्म सञ्चालन नाफामा १ अर्ब ३ करोड ४१ लाख २६ हजार रुपैयाँ छ । गत वर्षको तुलनामा सञ्चालन नाफा ८६.६९५ ले धेरै हो । मेगाको चुक्ता पुँजी ७ अर्ब ३७ करोड ६७ लाख ४३ हजार रुपैयाँबाट बढेर १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ पुगेको छ । पुँजी ४०.८३५ ले बढेको हो । तर पुँजीको तुलनामा रिजर्भ कोष भने न्यून देखिन्छ । रिजर्भ कोषमा बैंकले २ अर्ब ३१ करोड २७ लाख ६ हजार रुपैयाँ मात्र जम्मा गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x