Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सामाजिक सुरक्षा कोषमा ८ सय ३५ कम्पनी सुचिकृत

सामाजिक सुरक्षा कोषमा ८ सय ३५ कम्पनी सुचिकृत


काठमाडौं, २४ माघ । योग्दानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा ८ सय ३५ वटा नीजि तथा गैर सरकारी संस्था तथा कम्पनीहरु सुचिकृत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको उक्त कोष स्थापनाको करिब २ महिना पुग्न लागेको छ ।

सुचिकृत हुने संस्थाहरुमा सबै भन्दा बढी कर्पोरेट हाउस तथा ठुला उद्योग देखि सेक्युरिटी कम्पनीहरु लगायत मिडिया हाउस, वित्तिय संस्था, एनजिओ÷ आइएनजिओे, म्यानपावर, विद्यालय, स्वास्थ्य क्षेत्रका संघ संस्थाहरु सम्म रहेका छन् । सरकारले सुरु गरेको कोषमा ठुला उद्योगी विनोद चौधारी, चन्द्रप्रसाद ढकाल, हरिभक्त शर्मा लगायत अन्य ठुला उद्योगीहरुले आफ्ना कम्पनीहरुका कामदारहरुलाई संलग्न गराईसकेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । कोषका अनुसार आइएमई ग्रुप, देउराली जनता फर्मास्युटिकल्स, जगदम्बा स्टिल्स, आइएमई अटोमोटिभ्स् प्रालि लगायत कम्पनीहरु कोषमा सूचीकरण भएका छन् ।

सामाजीक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सरकार , रोजगारदाता र कामदारहरुको त्रिपक्षिय कार्यक्रम भएकाले कति संस्थाहरुलाई सामाजिक सुरक्षा कोषकोबारेमा थाहा नभएकाले अझै यसको प्रचार प्रसार गर्न आवश्यक रहेको बताए । कुनै पनि रोजगारदाताले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहेनन् भने उसलाई सरकारबाट हुने सबै सेवा सुविधाबाट बञ्चित गरिने घोषणा गरिसकेको छ ।


कार्यकारी निर्देशक अधिकारीका अनुसार साना कम्पनीहरुको आवद्धता पनि बढ्दो छ । संगठित रुपमा सञ्चालन भइरहेका साना कम्पनीहरुको आवदेन पनि बढ्दो छ । अहिलेसम्म आवेदन दिनेमध्ये काठमाडौं उपत्यकाभित्रका कम्पनीहरु बढी भएको उनले बताए । सुरुको तीन महिना अर्थात् फागुन ५ गतेभित्र कोषले रोजगारदाताहरुको नामावली संकलन गरिसक्नेछ । यसको म्याद थप नहुने उनले बताए ।


कसरी आवद्ध हुने कोषमा
योग्दानमा आधारित सामाजिक सुरक्षा योजना अन्र्तगत सामाजिक सुरक्षा कोषमा चरणबद्ध रुपमा देशभरबाट रोजगारदाता र श्रमिकको सूचिकरण भइरहेका छन् । मंसिर ६ गते देखि काठमाडौं र प्रदेश ३ भित्रका रोजगार दाताको सुचीकरण सुरु भएको हो ।


कोषमा आवद्ध हुनका लागि सर्वप्रथम रोजगारदाताले कोषको वेव साइडमा लगइन गरेर सुचिकरण हुनुपर्ने छ । कोषबाट सुचिकरण भए पश्चात रोजगारदाताले कम्पनीको सुचीकरण नम्बर प्राप्त गरेपछि सोही कोषमा आफु कहाँ कार्यरत सबै श्रमिकको सुचिकरण गर्नु पदर्छ । त्यस पछि श्रमिकले पनि आफ्नो परिचय नम्बर पाउछन् । रोजगारदाताले पछिपछि रोजगारमा आबद्ध हुने श्रमिकको पनि सुचिकरण गराउँदै जानुपर्छ । सुचिकरण पश्चात रोजगारदाताले कर्मचारी तथा श्रमिकको आधारभुत पारिश्रमिकको ११ प्रतिशत रकममा रोजगारदाताको २० प्रतिशत थपगरि कुल ३१ प्रतिशत बराबरको योगदान रकम मासिक रुपमा कोषमा जम्मा गर्नु पर्ने हुन्छ ।


योगदान कर्ता (श्रमिक) कोषमा सुचिकृत भएको दिनबाट सामाजिक सुरक्षा कोषमा योगदानको गणना सुरु हुन्छ । उनीहरुले योगदानमा आधारित सुरक्षा कोष मार्फत सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । यसरी सुचिकृत हकदारलाई औषधी उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशत्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सुविधा प्राप्त गर्ने छन् ।


योग्दानकर्ताले १ महिना मात्रै योगदान गरेको भए पनि सोही अनुसारको हिसाबले उपदान पाउँनेछन् । पेन्सनको लागि १५ वर्ष योग्दान गरेको हुनुपर्नेछ । बिमा भने योगदान गरेको पहिलो दिनबाटै लागु हुन्छ । रोजगारदाताको सुचिकरण थालनी काठमाडौं उपत्यका भित्र मंसिर ६, प्रदेश नं ३ मा मंसिर १५, प्रदेश नं २ मा पुष १५, गण्डकी प्रदेश र प्रदेश नं ५ माघ १, सुदुरपश्चिम प्रदेशमा माघ १५ बाट गरिएको कोषका कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x