Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पशुपालन क्षेत्र प्रवर्द्र्धनका लागि विश्व ब्यांकको ८ अर्ब सहयोग

पशुपालन क्षेत्र प्रवर्द्र्धनका लागि विश्व ब्यांकको ८ अर्ब सहयोग

काठमाडौं, मंसीर २२ । विश्व ब्यांकले नेपालमा पशुपालन प्रवद्र्धन तथा यस क्षेत्रमा नवीनता ल्याउने उद्देश्यले आठ करोड अमेरिकी डलर अर्थात् ८ अर्ब २४ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । विश्व ब्यांकले नेपालका पशुपालन क्षेत्र नवीनता परियोजना अन्तर्गत आज उक्त सहयोग स्वीकृत गरेको विश्व ब्यांक नेपाल कार्यालयले जनाएको छ । विश्व ब्यांकको यो सहयोगले नेपाल सरकारले सन् २०१५ मा जारी गरेको कृषि विकास रणनीतिको उद्देश्य प्राप्तिमा सहयोग पुर्याउने बताइएको छ । यो सहयोगले कृषि क्षेत्रको दीगो विकास, गरिबी निवारण तथा खाद्य र पोषण सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्व बैंकले जनाएको छ ।

यो परियोजनाबाट २७१ नगर तथा गाउँपालिकाका २ लाख पशुउत्पादक किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । यसका प्राथमिक लाभग्राहीहरुमा ४५ प्रतिशत महिला छन् । यसबाहेक ५०० साना र मध्यम खालका कृषि उद्यमहरुले उत्पादन र उत्पादनपछिको मूल्य शृंखलाबाट लाभ लिने विश्व बैंकले जनाएको छ । खासगरी भूकम्पका कारण पशुपंक्षीको क्षतिबाट नियमित आयमा बेहोर्नुपरेको झट्कालाई विश्व बैंकको सहयोगमा सञ्चालन हुने परियोजनाले उनीहरुलाई पुनस्र्थापनाका लागि सहयोग गर्ने बताइएको छ ।
नेपालमा कृषि व्यवसायमा संलग्नहरुमध्ये ७० प्रतिशतले पशुपंक्षी पाल्ने गरेका छन् तर उत्पादकत्व भने कम छ । मासु, दूध जस्ता उत्पादनका लागि पशुपालन गरिने भएपनि माग अनुसार आपूर्ति हुन सकेको छैन । नेपालले वार्षिक ४ अर्ब रुपैयाँ जतिको मासु र दूधजन्य उत्पादनहरु आयात गर्दै आएको छ ।
यो परियोजनाले मुख्यतः नियमनकारी तथा संस्थागत क्षमता विकास, पशुपालनबाट उत्पादकत्व वृद्धि गर्नुका साथै पशुपालन तथा उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने र पशुपालनका मुख्य मुल्यशृंखला कायम गर्दै व्यावसाय विकासमा सहयोग पुर्याउने उद्देश्य लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x