Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

पाँच स्थानबाट काठमाडौंको मतगणना जारी, बामगठबन्धनकै अग्रता

पाँच स्थानबाट काठमाडौंको मतगणना जारी, बामगठबन्धनकै अग्रता

काठमाडौं, २२ मंसिर । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंको पाँच स्थानमा मतगणना भइरहेको छ । राष्ट्रिय सभागृहमा १, २, ३, ४ क्षेत्रको मतणना भइराखेको छ भने सहकारी विभाग नयाँ बानेश्वरमा ५ र ७ को गणना सुरु भएको छ।

त्यसैगरी जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा क्षेत्र नम्बर ६ र वन परिसर बबरमहलमै क्षेत्र नम्बर ८ को मतगणना भइरहेको छ । अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा ९ र १० को मतगणना जारी छ ।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, विवेकशील साझाका रवीन्द्र मिश्र र वाम गठबन्धनका अनिल शर्माबीच प्रतिस्पर्धा हुने देखिएको छ। काठमाडौं २ मा वाम गठबन्धनका माधवकुमार नेपाल र कांग्रेसका दीपकप्रसाद कुँइकेलबीच प्रतिस्पर्धा हुँदै छ। काठमडौं क्षेत्र नम्बर ३ मा गठबन्धनका कृष्णबहादुर राई र कांग्रेसकी अम्बिका बस्नेतबीच प्रतिस्पर्धा हुँदै छ।

त्यसैगरी धेरै चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनको तर्फबाट एमालेका राजन भट्टराई र कांग्रेसका गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ। काठमाडौं ५ मा वाम गठबन्धनको तर्फबाट एमालेका ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच प्रतिस्पर्धा हुँदै छ।

काठमाडौं क्षेत्र ६ मा कांग्रेसका भिमसेनदास प्रधान र वाम गठबन्धनको तर्फबाट माओवादी नेता झुक्कुप्रसाद सुवेदीबीच प्रतिस्पर्धा हुँदै छ। उता काठमाडौं क्षेत्र ७ मा भने गठबन्धनको तर्फबाट एमालेका रामवीर मानन्धर र लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका विक्रमबहादुर थापाको प्रतिस्पर्धा हुने देखिएको छ।

काठमाडौँ ८ मा गठबन्धनको तर्फबाट एमालेका जीवनराम श्रेष्ठ र कांग्रेसका नविन्द्रराज जोशीबीच प्रतिस्पर्धा हुँदै छ। उता क्षेत्र ९ मा गठबन्धनको तर्फबाट कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका ध्यानगोविन्द रंजित चुनावी मैदानमा छन्। काठमाडौं १० मा भने कांग्रेसका राजेन्द्रकुमार केसी र माओवादीका हितमान शाक्यबीच प्रतिस्पर्धा हुँदै छ। अहिले सम्मको मतपरिणममा १० क्षेत्र मध्ये अधिकांश स्थानमा बाम गठबन्धनकै उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x