इण्डोनेशियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
काठमाडौँ, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि इण्डोनेशियाका राजदूत रिना प्रित्यासमियर्सी सोमार्नोले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । राजदूत सोमार्नोले ओहोदाको प्रमाणपत्र मंसिर १९ गते राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा पेश गरेको हो ।
इण्डोनेशियाका राजदूत सोमार्नोले इण्डोनेशिया–नेपाल सम्बन्ध अद्वितीय रहेको चर्चा गर्दै पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिबद्ध रहेको बताएको छ । राजदूत सोमार्नोले नेपालसँगको सम्बन्धलाई आफ्नो मुलुकले उच्च प्राथमिकतामा राखेको जनाए । यस्तै इण्डोनेशियाका लागि अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि दुई मुलुक बीचको जनस्तरको सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतको कार्यालयबाट प्रयास भइरहेको जानकारी दिए ।
उक्त समारोहमा संवैधानिक नियोगका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, उद्योगपति, व्यापारीको उपस्थिति रहेको थियो ।