कमजोर बैकिङ शुरक्षा, एटिएमको ठगीमा विदेशीको संलग्नता बढ्दो

काठमाडौ,२५ माघ । नेपालमा हुने एटिएम ठगीको घटनाहरुमा विदेशी नागरिकको संलग्ता बढदै गएको छ । एटीएम ठगीमा हालसम्म  प्रकाउ परेका २३ जना मध्ये १८ जना विदेशी नगारिक रहेको तथ्य बाहिर आएको छ । यसरी एटिएम ठगी अभियोगमा चार रोमानियन, चार टर्किस, चार बुल्गेरियन, दुई भारतीय र चार मोल्दोभियन  विरुद्ध बैंकिक कशुरको मुद्ध चलाइएको छ ।

सीआईबीका अनुशार हालसम्म एटीएम ठगीबाट २ करोड ५७ लाख ४४ हजार ४३१ रुपैयाँ मागदाबी लिइएको छ भने ८८ लाख ७६ हजार ८५० रुपैयाँ बरामद गरेको छ । त्यसैगरी, अमेरिकी डलर ७५ हजार २२५, युरो ७३ हजार ८७५, इन्डोनेसियन रुपी ३३ हजार, फिलिपिन करेन्सी ४७० र विभिन्न १ हजार ३५७ थान एटीएम बरामद गरिएको गरेको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *