सेञ्चुरी बैंकद्वारा असाहयलाई सहयोग

काठमाडौं, २५ माघ । सेञ्चुरी कमर्सियल बैंकले बैंकले असाहय मानसिक अपांगहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको वडा नं. २ स्थित “असहायका लागि सहयोगीहातहरु नेपाल” नामक संस्थाले संरक्षण गर्दै आएका विभिन्न उमेरका असाहय मानसिक अपांगहरुको विभिन्न भोजनालय भवन निर्माणका लागि सहगोग गरेको हो ।

बैंकले एक समारोहका बिच सहयोग रकम संस्थालाई हस्तान्तरण गरिएको गरेको छ । बैंकका क्षेत्रिय प्रबन्धक नारायण प्रसाद मुडबरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोहि गा.पा.का अध्यक्ष बलीराम डगौरा थारु प्रमुख अथिती थिए । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *