पानीजाहाज कार्यालय स्थापना सँगै नेपाल भारत व्यापारमार्गको रुपमा जलमार्ग पनि
काठमाडौं,२७ माघ । नेपाल–भारत बीच वाणिज्य सन्धिमा परिमार्जन गर्दै जलमार्गलाई पनि व्यापार मार्गका रूपमा राख्ने सहमती भएको छ ।
पोखरामा सम्पन्न दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीको बैठकमा सन्धिमा रहेको व्यापारमार्ग (ट्रेडरुट)को प्रावधानमा रेल र सडकबाहेक जलमार्गसमेत समावेश गर्न दुइ पक्ष सहमत भएका हुन ।
यस्तै बाणिज्य सन्धिका कतिपय प्रवधानहरुलाई सामयिक तुल्याउँदै समयानुकूल परिमार्जनका निम्ति थप्नुपर्ने मुख्य विषयवस्तु ‘लिगल टेक्स’ तयार पारेर एकापसमा आदानप्रदान गर्ने सहमति पनि बैठकमा भएको नेपालका तर्फबाट बैठकमा सहभागि भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजुले जानकारी दिए ।
गत साउनमा नेपाल र भारतका अधिकारीबीच पानी जहाज सञ्चालनका लागि काम–कारबाही तुरुन्त अगाडि बढाउन सहमति भएको थियो । सहमती अनुसार नेपाली प्राविधिक टोलीले भारतको गंगा नदीमा हाल निर्माणाधीन कोलकाता हल्दिया–वाराणसी जलमार्गको अध्ययन र त्यसैगरी भारतीय पक्षको विशेषज्ञ टोलीले नेपालतर्फ कोसी तथा नारायणी नदीमा जल यातायातको स्थलगत अध्ययन गरिरहेका छन् । यस्तै मंसिरको अन्तिम साता सरकारले पानि जहाज संचालनका लागि १६ जना कर्मचारीको दरवन्दी रहने गरी पनीजहाज कार्यालय स्थपना गर्ने निर्णय गरेको थियो ।