सिभिल बैंकको खुद नाफामा ४९.७८ प्रतिशत वृद्धि

काठमाडौं, २९ माघ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सिभिल बैंकको खुद नाफामा ४९.७८ प्रतिशतको वृद्धि भएको छ । बैंकले गत आर्थिक बर्षको सोहि अवधीमा २४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यो बर्षको ६ महिनामा भने ३५ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यसैगरि बैंकले स्वतन्त्र नाफा तर्फ भने करिब १० प्रतिशतले नाफा बढाएको छ । बैंकले चालु आर्थिक बर्षको ६ महिनामा २३ करोड ९८ लाख रुपैयाँ स्वतन्त्र नार्फा आर्जन गरेको हो ।

नेपाल फाइनान्सिङ्ग रिर्पो्टिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार बैंकले ३५ करोड ९७ लाख खुद नाफाबाट राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट वापत ११ करोड ९९ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफाभन्दा फ्रि प्रोफिट घटेको देखिन्छ । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) २३ करोड ९८ लाख रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट दुई करोड २८ लाख रुपैयाँ अर्थात १०.५३ प्रतिशतले धेरै हो ।

बैंकले अघिल्लो त्रैमासको तुलनामा निक्षेप र कर्जामा क्रमशः करिब पौने ४ अर्ब र डेढ अर्ब बढोत्तरी गर्दा रिजर्भको आकार भने करिब ७० करोडले बढाएको छ । रिजर्भमा उल्लेख्य रकम बढ्नु र कर्जा लगानीभन्दा निक्षेप संकलन उच्च हुँदा बैंकको सीसीडी अनुपातमा खुकुलोपन आएको छ । बैंकको सीसीडी अनुपात ७८.२१ प्रतिशतमा झरेको हो । अघिल्लो त्रैमासमा यो दर ८० प्रतिशतको नजिक थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ करोड १८ लाख रुपैयाँबाट ५४.३५ प्रतिशतले बढेर ८ अर्ब ३३ लाख रुपैयाँ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *