Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मंगलबार सेयर बजार ०.६७ अंक घट्यो

मंगलबार सेयर बजार ०.६७ अंक घट्यो

काठमाडौं, २९ माघ । साताको तेस्रो कारोबार (मंगलबार) सेयर बजार समान्य अंकले घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.६७ अंकले घटेर १,१२८.१९ को विन्दुमा कारोबार बन्द भएको हो । नेप्सेमा कुल १ सय ६४ कम्पनीहरुको ८,४६,७८० कित्ता सेयर खरिद बिक्री हुँदा १९ करोड ४१ लाख भन्दा बढीको कारोबार भएको छ । कारोबारमा भने उक्त दिन प्रभु बैंकको प्रमोटर सेयरले अग्रता लिएको छ । जसको आज ३ करोड १० लाख भन्दा बढीको कारोबार भएको हो ।

यसैगरि मंगलबार सबै भन्दा बढी जेविस फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् । जसको प्रति सेयर मुल्य ७.६३ प्रतिशतले वृद्धि भएको छ । साथै महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रति सेयर मुल्य ३.४८८३७ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्सेमा सुचिकृत ११ वटा समह मध्ये ६ वटा समुहको परिसुचक बढेको छ भने बाँकी ५ वटा समुहको परिसुचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x