Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २ अर्ब ४१ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २ अर्ब ४१ करोड रुपैयाँ

काठमाडौं, २९ माघ । नेपाल सरकारको अधिकांश स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ को दोश्रो त्रैमासमा २ अर्ब भन्दा बढी नाफा कमाएको छ । बैंकले सो अवधिमा २ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको हो । नेपाल वित्तीय प्रतिबेदन मान बमोजिम गणना भएको उक्त मुनाफामा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम वैधानिक जगेडामा २३ करोड रुपैयाँ बैंकले सारे पश्चात २ अर्ब १७ करोड रुपैयाँ वितरण योग्य मुनाफा कायम रहन गएको छ ।


गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा समिक्षा अवधिमा बैंकको खुद मुनाफा तथा वितरणयोग्य मुनाफामा ३४.९४ प्रतिशतले बढोत्तरी भएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९५ करोड, कूल संचालन आम्दानीरु ५ अर्ब ५२ करोड तथा खुद संचालन आम्दानीरु ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।


चालु आर्थिक बर्षको पौष मसान्तमा बैंकको निक्षेप १ खर्ब ८१ अर्ब रुपैयाँ र खुद कर्जा तथा सापटी १ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधीको तुलनामा बैंकको निक्षेपमा २१.७९ प्रतिशत र कर्जा तथा सापटीमा २१.८९ प्रतिशतले सन्तुलित बृद्धि भएको हो । बैंकको २०७४ पौषमा १२ अर्ब २८ करोड रहेको शेयरधनी कोषमा १ वर्षको अवधिमा साविक एन. आई. डी.सी. डेभेलप्मेन्ट विकास लि. मर्ज भएको तथा आन्तरिक श्रोतबाट सिर्जित मुनाफा थप भइ समिक्षा अवधिको अन्त्यमा रु. २१ अर्ब ४५ करोड पुगेको छ । यस्तै बैंकको २०७५ पुस मसान्तसम्ममा पुंजीकोष अनुपात ११.७३ प्रतिशत, कर्जा निक्षेप अनुपात ६९.२४ प्रतिशत, आधार दर ५.६० प्रतिशत, कोषको लागत दर ३.०१ प्रतिशत तथा वार्शि्किकृत प्रतिशेयर आम्दानी ५३.५८ रुपैयाँ रहेको छ ।


बैंकले चालु आर्थिक बर्षको दोश्रो त्रैमास सम्मको समिक्षा अवधिमा बैंकको कर्जा, निक्षेप, शेयरधनी कोष, संचालन आम्दानी तथाखुद मुनाफा लगायत समग्र ब्यबसायिक नतिजाहरु उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सुचकाँक परिपालना भएको तथा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x