Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रम – यस्तो छ रोजगार पाउने विधि र निर्वाह भत्ताको मापदण्ड

प्रधानमन्त्री रोजगार कार्यक्रम –  यस्तो    छ रोजगार पाउने विधि र निर्वाह भत्ताको मापदण्ड

काठमाडौं,१ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहका बीच प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दैछन् ।  रष्ट्रिय सभा गृह्मा मध्यान्न साढे बाह्रबजे घोषणा गर्न लागिएको उक्त कार्यक्रम आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्ने महाअभियानको रुपमा लिइएको छ ।

आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीका क्षेत्र र दायरालाई विकास एवं विस्तार, श्रमको सम्मान गर्ने वातावरणको सिर्जना गर्दै राष्ट्रिय समृद्धिमा योगदान गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् ।

कसरी पाउने रोजगार र निर्वाह भत्ता

रोजगार कार्यक्रम घोषणा भएपछि वेरोजगार ब्याक्तीलाए बर्षमा १०० दिनको रोजगार दिइने छ भने । रोजगार दिदा पनि पहिला परिवरामा कोही रोजगार नभएको परिवारको ब्याक्तीलाइ प्राथामिकता दिइने छ । त्यसका लागि रोजगार पाउन भने रोजगार सूचना केन्द्रमा आफू बेरोजगार भएको सूची दर्ता गर्नुपर्ने छ । केन्द्रमा खटिइएको रोजगार संयोजकले स्थानीय तहभित्र सञ्चालनमा रहेका सार्वजनिक विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सरकारका विभिन्न तहअन्तर्गतका विषयगत मन्त्रालय तथा निकायबाट सञ्चालन हुने विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सञ्चालनमा रोजगारीको अवसर प्रदान गर्नेछ ।

 केन्द्रमा सूचीकृत बेरोजगारले १०० दिनको रोजगारी नपाए सरकारले नै निजलाई रोजगारी नपाएको दिनको न्यूनतम् पारिश्रमिकको ५० प्रतिशतले हुन आउने रकम निर्वाह भत्ताका रुपमा प्रदान गरिने छ । तर निर्वाह भत्ताका लागि परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएको , नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएको हुनुपर्ने छ । यस्तै परिवारका कुनै सदस्य स्वरोजगार एवं वैदेशिक रोजगारीमा भएको र सरकारी कोष (सङ्घ, प्रदेश र स्थानीय तहको कोष), अन्य मुलुक वा अन्तर्राष्ट्रिय एवं अन्तरसरकारी सङ्घ, सङ्गठन तथा अन्य कुनै संस्थाबाट नियमित निवृत्तिभरण र अवकाश सुविधा लिने ब्याक्ती परिवारमा भए त्यस परिवारका सदस्यले निर्वाह भत्ता पाउने छैनन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x