कामना सेवा विकास बैंकको सिईओमा बस्नेत नियुक्त
काठमाडौं, १ फागुन । कामना सेवा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा प्रविण बस्नेत नियुक्त भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले बस्नेतलाई सिईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि उनले बैंकमा कामु सिईओको जिम्मेवारी निर्वाह गरिरहेका थिए ।