Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन् २०१९ को पहिलो महिनामा ९१ हजार ७ सय ९३ पर्यटकले गरे नेपालको भ्रमण,गत वर्षभन्दा २५ प्रतिशत बढी

सन् २०१९ को पहिलो महिनामा ९१ हजार ७ सय ९३ पर्यटकले गरे नेपालको भ्रमण,गत वर्षभन्दा २५ प्रतिशत बढी

काठमाडौं, १ फागुन । सन् २०१९ को पहिलो (जनवरी) महिना ९१ हजार ७ सय ९३ विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । उक्त संख्या हवाई र स्थलमार्ग दुवैबाट आउने पर्यटकको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार हवाई मार्गबाट ७७ हजार ३ सय र स्थल मार्गबाट १४ हजार ४ सय ९३ विदेशी नागरिक नेपाल आएका छन् । सन् २०१८ पहिलो महिनाको तुलनामा पर्यटक आगमन २५ प्रतिशतको वृद्धि देखिएको छ । सन् ०१८ को पहिलो महिना ७३ हजार १ सय ८७ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

सबैभन्दा बढी भारतीय नागरिकले नेपाल भ्रमण गरेका छन् भने दोस्रोमा चिनियाँ रहेका छन् । बोर्डका अनुसार भारतबाट १४ हजार ६ सय ५० र चीनबाट १३ हजार ६ सय ५० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यो बाहेक क्रमश थाइल्यान्ड, अमेरिका र दक्षिण कोरियाबाट धेरै पर्यटक आएका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । सन् २०१९ को पहिलो महिनामा नै पर्यटक आगमनमा उत्साहजन देखिएको व्यवसायीको प्रतिक्रिया छ । सन् २०१८ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x