प्रधानमन्त्री ओलीले गरे पानी जहाज कार्यालयको उद्घाटन

काठमाडौं,२ फागुन । सरकारले ‘नेपाल पानी जहाज कार्यालय’ संचालनमा ल्याएको छ । ललितपुरको एकान्तकुनामा भौतिक पुर्वाधार मन्त्रालयद्वारा स्थापित उक्त पानी जहाज कार्यालयको प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गरे ।

सो कार्यक्रममा उनले मुलुकमा नयाँ युगको सुरुवात भएको र देश र जनताले अब सुख र समृद्धिको अनुभव गर्ने बताए ।

यस्तै भौतिक पुर्वाधार मन्त्री रधुविर महासेठले कार्यालयको स्थापनासंगै अब नेपालमा चाडै नेपालको झण्डावाहक पानीजहाज भित्र्याउने दाबी गरे । उनले हाल सम्म भएको जलमार्गबाट सामान ढुवानीको समस्या पनि समाधान हुने बताए ।

भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्ने छनु । कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *