Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

चालु आबको ६ महिनामा १३३ उद्योगलाई एक्जीम कोर्ड

चालु आबको ६ महिनामा १३३ उद्योगलाई एक्जीम कोर्ड

काठमाडौं,२ फागुन । चालू आर्थिक वर्षमा १३३ साना, मझौला तथा ठूलो उद्योगले आयात निर्यात कोर्ड (एक्जीम कोर्ड) प्राप्त गरेका छन् ।  उद्योग विभागका अनुशार चालू आवमा १३३ उद्योगलाई ‘एक्जीम कोर्ड’ प्रदान गरिएको छ । विभागले प्यान÷भ्याटमा दर्ता भएका उद्योग, उद्योग र वाणिज्यमा दर्ता भएका उद्योग, आयातको लागि रु १० लाख र निर्यातका लागि रु तीन लाख बैंक ग्यारेन्टी गरेको तथा कर चुक्ता प्रमाणपत्र भएको उद्योगलाई ‘एक्जीम कोर्ड’ प्रदान गर्ने गर्दछ ।

विसं २०७४ साउन १ देखि रु ५० हजारभन्दा बढी मूल्य बराबरको सामान आयात तथा रु पाँच लाखभन्दा बढी मूल्य बराबरको सामान निर्यातका लागि अनिवार्य रुपमा ‘एक्जीम कोर्ड’ लिनुपर्ने व्यवस्था गरिएको छ ।

उद्योग विभागले एक्जीम कोर्ड लिनका लागि आवश्यक कागजात र मापदण्ड पूरा गरेका उद्योगलाई भन्सार विभागमा सिफारिस गर्दै आएको छ । गत आवमा घरेलु तथा साना उद्योग विभागले ‘एक्जीम कोर्ड’ लिनका लागि भन्सार विभागमा सिफारिस गर्ने भए पनि चालू आवबाट उक्त विभाग उद्योग विभागमा गाभिएपछि उद्योग विभागले ‘एक्जीम कोर्ड’का लागि भन्सार विभागलाई सिफारिस गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x