Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल एसविआई बैंकको साधारण सभा पौष १९ गते, बुक क्लोज कहिले?

नेपाल एसविआई बैंकको साधारण सभा पौष १९ गते, बुक क्लोज कहिले?

काठमाडौं, २४ मंसिर । नेपाल एसबिआई बैंकको वार्षिक साधारण सभा आगामी पौष १९ गते बस्ने भएको छ । वार्षिक साधारण सभामा बैंकले शेयरधनीहरुलाई १५.४२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

लाभांश प्रयोजनका लागि बैंकले मंसिर २९ देखी पौष १९ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । मंसिर २८ गतेसम्ममा बैंकको शेयर खरिद गर्ने लगानीकर्ताहरुले बैंकले प्रस्ताव गरेको १५.४२ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने भएको छ ।

बैंकले प्रस्ताव गरेको १५.४२ प्रतिशत बोनस शेयर जारी पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x