प्रिमियर इन्स्योरेन्सले ५ करोड ८८ लाख रुपैयाँ नाफा कमायो

काठमाडौं, २ फागुन । प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा यो नाफा ८.७९ प्रतिशतले बढी हो । गत वर्ष यस इन्स्योरेन्सले ५ करोड ४१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

यस त्रैमाससम्ममा इन्स्योरेन्सले ४१ करोड ५९ लाख ७२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष ४० करोड ७८ लाख ९२ हजार रुपैयाँ मात्र बिमा शुल्क आर्जन भएको थियो ।
त्यस्तै यस अवधिसम्म ५४ करोड ८६ लाख ८८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न गरेको जनाएको छ । बाँकी कुल दाबी रकम ९६ करोड ९७ लाख २६ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *