Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नागरिक लगानी कोषले थाल्यो मितव्ययीतता अभियान, बैठक भत्ता देखि अध्यक्षले पाउने इन्धनसम्म कटौती

नागरिक लगानी कोषले थाल्यो मितव्ययीतता अभियान, बैठक भत्ता देखि अध्यक्षले पाउने इन्धनसम्म कटौती

काठमाडौं, २ फागुन । नागरिक लगानी कोषले कार्य संचालनमा मितव्ययीता अभियान सुरु गरेको छ । त्यस अन्तर्गत कोषको विद्यमान विभिन्न समिति÷उपसमितिको संख्याहरु घटाउनुका साथै भत्ता रकम समेत कटौती गरेको हो ।

यस भन्दा अघि कोषले संचालक समितिका सदस्य संयोजक÷सदस्य रहेका प्रत्येक समिति÷उपसमितिहरुमा सबै सदस्यलाई संचालक सरह भत्ता दिने गरेकोमा कोषका कर्मचारी सदस्यहरुको भत्ता प्रति व्यक्ति १ हजार रुपैयाँ कटौती गरिएको जनाइएको छ । त्यसैगरी गैर कार्यकारी संचालक तथा कोष बाहिरबाट प्रतिनिधित्व गर्ने व्यक्ति सदस्य नरहेका समिति÷उपसमितिहरुको बैठक भत्ता नरहने व्यवस्था कोषले गरेको छ ।

यो सँगै कोषले खर्चमा मितव्ययीता ल्याउन कोष संचालक समितिका अध्यक्षले पाउने इन्धन सुबिधामा प्रति महिना २ सय लिटरबाट कटौती गरी १ सय ७५ लिटर कायम गरेको छ ।

कोषको कार्यलाई चुस्त र प्रभावकारी बनाउनको लागि सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने नीति लिएको पनि जनाइएको छ । सेवाग्राहीको समस्या समाधानको लागि हेल्प डेस्क, सोधपुछ कक्ष, सूचना कक्ष तथा सुझाव पेटिकाको व्यवस्था गरी प्राप्त गुनासो, सुझाव तथा जानकारीहरुलाई तत्काल समाधान गर्ने पहल सुरु गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x