सुनको भाउ ४ सयले बढ्यो, ६२ हजार १ सयमा कारोबार

काठमाडौं । शुक्रबार (आज) स्थानीय बजारमा सुनको भाउ तोलाको ४ सय रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबारको सुन आज ४ सय रुपैयाँले बढेर ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार फागुन महिनाको पहिलो दिन बुधबार प्रतितोला ६१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार एक सय रुपैयाँले बढेको थियो ।

गएको शुक्रबार पनि सुन ६२ हजार १ सय रुपैयाँमै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *