Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बीमाको रकम निकाल्न सहज नभएको गुनासो

बीमाको रकम निकाल्न सहज नभएको गुनासो

धनगढी, ४ फागुन ।  बीमा भुक्तानी झन्झटिलो बन्दै गएको सार्वसाधरणल गुनासो गरेका छन् । विमितका गुनासा समाधान गर्ने उद्देश्यले राष्ट्रिय बिमा कम्पनिले धनगढीमा सर्वसाधारणसँग अन्तक्रियामा उनिहरुले यस्तो गुनासो गरेका हुन ।

अन्तरक्रियमा सहभागीहरुले बिमा भुक्तानी प्रणालीमा रहेका झन्झटिला प्रावधान अन्त्य गरी नागरिकलाई सहज तरिकाले सेवा दिन आग्रह गरेका छन् । दुर्घटना बिमामा अस्पतालको बिल पेश गर्नुपर्ने, सिफारिस बनाउनुपर्ने लगायतका प्रकृया झन्झटिलो भएको सेवाग्राहीको ग’नासो छ । सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादूर बोहराले जनतालाई सेवा दिनका लागी सञ्चालन भएका बिमा कम्पनिहरुले सहज तरिकाले सेवा दिनूपर्ने बताए । बिमाको बिषयलाई सहज बनाउन प्रदेश सरकारले खेल्नु पर्ने भुमिका आफुले खेल्ने बताउँदै मन्त्री बोहराले बिमा कम्पनिले सहज सेवा दिनुपर्ने बताए ।स्वास्थ्य बिमाको बिषय झन झन्झटिलो भएकाले यसलाई पनि सहज गर्न उनले निर्देशन दिए ।

राष्टिय बिमा कम्पनि सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले बिमाका कार्यक्रमलाई सहज बनाउने प्रयाश गरिरहेको बताए । कर्मचारी सञ्चयकोष बिमा, स्वास्थ्य बिमाका बिषयलाइपनि सहज बनाउन सबै प्रदेशमा अन्तरक्रिया थालेकाले सबैको सल्लाह बमोजिम सहज बनाइने उनले बताए । सरकारी सहयोगबाट बिमाका निति तथा कार्यक्रमलाई संसोधन समेत गर्न सकिने भएकाले सहज सेवा दिनेगरी संसोधन गरिने अध्यक्ष उपाध्यायले बताए ।

बिगतदेखी नै नेपालमा बिभिन्न बिमाका कार्यक्रमहरु सञ्चालित छन् । जिवन बिमा, पश’ बिमा, बाली बिमा, लगायतका बिमा कार्यक्रम सञ्चालनमा रहेको अवस्थामा हाल सरकारले नागरिकको स्वास्थ्य बिमा कार्यक्रम समेत ल्याएको छ  सेवा लिन झन्जट हुने र आवश्यक परेका बेला नपाइने हुँदा सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम पनि प्रभावकारी हुन सकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x