मितेरी डेभलपमेन्ट बैंकद्वारा १७ प्रतिशत लाभांशको घोषणा

काठमाडौं, ५ फागुन । मितेरी डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश बितरण गर्ने भएको छ । बैंकको १७९ औं संचालक समितिको बैठकले गत बर्षको नाफाबाट १७ प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बोनश सेयर वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती भएपश्चात बैकको आगामी १३ औं बार्षिक साधारण सभामा पेश गरिने छ । बैकले सेयर दाखिला फागुन १५ गते देखी चैत ९ गते सम्म बन्द रहने जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *