सेयर बजारमा ११०९.७२ को विन्दुमा

काठमाडौं, ५ फागुन । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.१५ अंकले घटेर ११०९.७२ विन्दुमा झरेको छ ।

सो दिन नेप्सेमा कुल १ सय ७३ कम्पनीहरुको ८,२८,८५३ कित्ता खरिद बिक्री हुदाँ २१ करोड ७ लाख ३२ हजार १ सय ४७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा प्रभु बैंकले अग्रता लिएको छ । बैंकको १ करोड ९० लाख भन्दा बढीको कारोबार भएको छ ।

यसैगरि चौतारी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । जसको प्रतिसेयर मुल्य ९.८७ प्रतिशतले बढेको छ । कञ्चन डेभलप्मेन्ट बैंकका लगानीकर्ताले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रतिसेयर मुल्य ६.८३२३ प्रतिशतले घटेको छ ।

आइतबार नेप्सेमा सुचिकृत ११ वटा समुह मध्ये ३ वटा समुहको परिसुचक बढेको छ भने बाँकी ८ वटा समुहको परिसुचक घटेको छ । होटल समुह ५.५ अंक, विकास बैंक समुह ३.६८ अंक र उत्पादन तथा प्रशोधन समुह ६.२५ अंकले बढेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *