Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

वित्तिय संस्थाले शतप्रतिशत कर्जाको सुरक्षण गराएनन्, दोस्रो त्रैमासमा १४ अर्व ६४ करोडको मात्र सुरक्षण

वित्तिय संस्थाले शतप्रतिशत कर्जाको  सुरक्षण गराएनन्, दोस्रो त्रैमासमा १४ अर्व ६४ करोडको मात्र सुरक्षण

काठमाडौं, ५ फागुन । निक्षेप तथा कर्जा सुरक्षण कोषले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १४ अर्ब ६४ करोड रुपैयाँको कर्जा सुरक्षण गरेको छ । कोषमा गरिएको सो कर्जा सुरक्षण गत बर्षको सोहि अवधीको तुलनामा ६६.४४ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षको दोस्रो त्रैमासमा कोषले ९ अर्ब ७३ करोड रुपैयाँको कर्जा सुरक्षण गरेको थियो । तर कोषले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा लक्ष्य अनुसारको कर्जा सुरक्षण नभएको जनाएको छ । कोषले यो अवधीमा १५ अर्ब रुपैयाँको कर्जा सुरक्षण गराउने लक्ष्य राखेको थियो ।

सर्वसाधारणको निक्षेप र कर्जाको संरक्षण गरि मुलुकको आर्थिक विकासको निमित्त बैंकिङ्ग तथा वित्तीय प्रणालीप्रतिको विश्वासनीयता अभिबृद्धि गर्न तथा सर्वसाधारणको आर्थिक हित संरक्षणका कोषले काम गर्ने गर्छ ।

कोषले गत बर्षको तुलनामा ६६ प्रतिशत भन्दा बढी कर्जा सुरक्षण गरेको भएता पनि सबै बैंक तथा वित्तिय संस्थाहरुले शतप्रतिशत कर्जा सुरक्षण नगराएको कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णुबाबु मिश्रले बताए ।

यसैगरि कोषले चालु आथिक वर्षको दोस्रो त्रैमासमा २ लाख ७९ हजार दुई सय ४० वटा कर्जा सुरक्षण गरेको छ । गएको आर्थिक बर्षको सोही अवधीमा एक लाख ७३ हजार सात सय १२ वटा कर्जाको सुरक्षण भएको थियो । कोषले हाल कृषि कर्जा, लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला कर्जा र पशुधन कर्जाको सुरक्षण गर्दै आएको छ । जसमध्ये पुस मसान्त सम्ममा सबै भन्दा धेरै लघु तथा विपन्न वर्ग कर्जा ११ अर्ब ८४ करोड १३ लाख रुपैयाको कर्जा सुरक्षण गरेको
छ । यस्तै कृषि कर्जा १ अर्ब ५२ करोड ९९ लाख रुपैयाँ, साना तथा मझौला उद्यम कर्जाको ९७ करोड ७९ लाख रुपैयाँ र पशुधन तर्फको २० करोड ८० लाख रुपैयाँ कर्जाको सुरक्षण कोषले गरेको जनाइएको छ ।

सरकार तथा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले सबै प्रकारका कर्जाको सुरक्षण गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको भएता पनि त्यसको कार्यान्वयन पुर्णरुपमा नभएको प्रमुख कार्यकारी अधिकृत मिश्रको गुनासो छ । केहि महिना अगाडि राष्ट्र बैंकले परिपत्र जारी गर्दै सबै बैंक तथा वित्तिय संस्थाहरुले कर्जा सम्बन्धी सबै सुचना कर्जा सुचना केन्द्रमा उपलब्ध गराउनु पर्ने र सो अनुसार कर्जा तथा निक्षेप सुरक्षण कोषमा सुरक्षण गर्न निर्देशन पनि दिएको थियो । तर सबै बैंकले सो निर्देशन अवलम्वन गरेका छैनन भन्ने मिश्रको भनाईले पनि प्रष्ट पार्छ ।

बाणिज्य बैंकहरुले प्रवाह गर्ने २ करोड रुपैयाँ भन्दा माथिको जुनसुकै कर्जा पनि कोषमा सुरक्षण गराउनु पर्ने राष्ट्र बैंकको निर्देशनमा छ । यसका साथै अन्य बैंक तथा वित्तिय संस्थाहरुले प्रवाह गर्ने कृषि कर्जा २ करोड रुपैयाँ भन्दा माथि, लघु कर्जा, साना तथा मझौला कर्जा, पशुधन कर्जा १५ लाख रुपैयाँ भन्दा माथिको कर्जाको सुरक्षण कोषमा गराउनु पर्ने छ ।


अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x