सुन तोलाको चार सयले बढ्यो

काठमाडौं, ५ फगुन । साताको पहिलो दिन (आइतबार) सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । फागुन ३ र ४ गते ६२ हजार १ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आइतबार ६२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरि तेजावी सुन तोलमा ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी प्रतितोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *