Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेञ्चुरी बैंकद्वारा आँखा शिविरलाई आर्थिक सहयोग

सेञ्चुरी बैंकद्वारा आँखा शिविरलाई आर्थिक सहयोग

काठमाडौं, ५ फागुन । सेञ्चुरी बैंक सर्लाही जिल्लामा संचालित आँखा शिविरलाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरद्वारा सर्लाही जिल्लाको भगवतीपूर तथा मंलगवामा आयोजित ८ दिने आंखा शिविरलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । डा. इन्दु प्रसाद ढुङ्गेगलको संयोजकमा संचालित सो शिविरमा करिब १८ सय जनाको साधारण चेकअप र १ सय ६४ जनाको मोतिविन्दुको शल्यकृया भएको थियो ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x