Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिभिल बैंकले ४.०५ प्रतिशत लाभांश दिने

सिभिल बैंकले ४.०५ प्रतिशत लाभांश दिने

काठमाडौं, ५ फागुन । सिभिल बैंकले आफ्ना सेयरधनीहरुलाई ४.०५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफा र चुक्तापुँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँको ४.०५ प्रतिशत अर्थात २९ करोड ४० लाख २ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भएपश्चात बैंकको बार्षिक साधारण सभाबाट पारित गरिने छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैकले ३५ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ एक पैसा छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९३ पैसा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x